Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित


  • आइतबार, मंसिर १९ २०७८

  • राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित

    काठमाडौं– राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन्। आज बिहान सकिएको मतगणनाअनुसार लिङ्देन अध्यक्षमा निर्वाचित भएका हुन्। राजेन्द्रले एक हजार आठ सय ४४ मत ल्याएका छन्।
    उनले अध्यक्षका अर्का उम्मेदवार कमल थापालाई हराएका छन्। थापाले जम्मा एक हजार छ सय १७ मत ल्याएका थिए। चार सय १३ मत बदर भएको थियो। राप्रपामा चार उपाध्यक्षमा दुबै प्यानलमा समेटिएका विक्रम पाण्डे सर्वाधिक २५२१ मत पाए। थापा प्यानलबाटै उठेका बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान उपाध्यक्षमा विजयी भए। तामाङले १९४४ मत ल्याउँदा प्रधानले १८१४ मत ल्याएर विजयी भए। महिला उपाध्यक्षमा रोशन कार्की १५८९ भोट ल्याएर विजयी भइन्।
    यस्तै तीन महामन्त्रीमा धवलशम्शेर राणाले सर्वाधिक २२२१ भोट ल्याएर विजयी भए। भुवन पाठक १७०५ भोट ल्याएर विजयी हुँदा महिला महामन्त्रीतर्फ कुन्तीकुमारी शाही विजयी भइन्।

    उनले २००८ मत ल्याइन्। महिला महामन्त्रीमा लिङ्देन समूहकी रेखा थापाले १६४० मत ल्याएर पराजित भइन्।

    राप्रपामा चार उपाध्यक्ष र तीन महामन्त्रीसहित १४८ जना केन्द्रीय सदस्यका लागि निर्वाचन भएको हो।
    सात सह–महामन्त्री, कोषाध्यक्ष, सह कोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्तासहित २५ प्रतिशत निर्वाचित अध्यक्षले मनोनित गर्ने व्यवस्था छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij