Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राप्रपाको अध्यक्षमा उम्मेदवारी दिन एक लाख रुपैयाँ शुल्क, केन्द्रीय सदस्यलाई १५ हजार


  • बिहिबार, मंसिर १६ २०७८

  • राप्रपाको अध्यक्षमा उम्मेदवारी दिन एक लाख रुपैयाँ शुल्क,  केन्द्रीय सदस्यलाई १५ हजार

    काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिन १ लाख रुपैयाँ शुल्क तोकिएको छ ।
    काठमाडौंमा जारी महाधिवेशनमा उपाध्यक्षमा उम्मेदवारी दिनेका लागि ७५ हजार रुपैयाँ शूल्क राखिएको छ भने महामन्त्री पदका लागि ५० हजार रुपैयाँ शूल्क तोकिएको छ । सबैभन्दा कम शुल्क केन्द्रीय सदस्य पदका लागि १५ हजार रुपैयाँ राखिएको छ ।
    बिहिबारदेखि सुरु भएको राप्रपाको महाधिवेशनमा अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुँदैछ । बिहीबारसम्म मतदाता नामावली प्रकाशन गर्ने र शुक्रबार निर्वाचन कार्यक्रम सुरु गर्ने समितिको तयारी छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij