Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काँग्रेस सहमहामन्त्रीमा पाण्डेको उम्मेदवारी घोषणा


  • सोमबार, मंसिर १३ २०७८

  • काँग्रेस सहमहामन्त्रीमा  पाण्डेको उम्मेदवारी घोषणा

    काठमाडौं– नेपाली काँग्रेसका युवा नेता बद्री पाण्डेले १४औं महाधिवेशनमा सह–महामन्त्रीमा उम्मेदवारी घोषणा गरेको छन् । उनले पिछडिएका कोटाबाट सहमहामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका हुन् । सोमबार बिहान अनामनगरस्थित युनियन हाउसमा पत्रकार सम्मेलन गरेर पाण्डे संस्थापन इतर पक्षबाट सहमहामन्त्री लड्ने बताएका हुन् । उनले भने, ‘१२औं महाधिवेशनमा अञ्चलकोटामा केन्द्रीय सदस्य भएको थिएँ । १३औं महाधिवेशन खुलाबाट केन्द्रीय सदस्य बने । अब पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा उम्मेदवारी दिने निर्णय गरेको छु।’

    नेपाल विद्यार्थी संघको राजनीतिबाट काँग्रेसमा प्रवेश गरेका पाण्डेले १५औं महाधिवेशन सहमहामन्त्री उम्मेदवार नदिने आजै घोषणाा गरे ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij