Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौँ कांग्रेसमा क- कस्ले जिते प्रदेश सभापति ? (सुचि सहित)


  • आइतबार, मंसिर ५ २०७८

  • काठमाडौँ कांग्रेसमा क- कस्ले जिते प्रदेश सभापति ? (सुचि सहित)

    काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत निर्वाचन क्षेत्रको प्रदेश अधिवेशनमा कांग्रेस नेता प्रकाशमान शिंह र गगन थापा निकट सभापतिको वर्चश्व देखिएको छ । तीन गते सम्पन्न निर्वाचनको परिणाम सार्वजनिक हुँदा शिंह र थापा निकट सभापतिको बाहुल्य रहेको हो

    क्षेत्र नं. १ (क) मा प्रह्लादबहादुर कार्की र (ख) मा सुमनकुमार श्रेष्ठ, क्षेत्र नं. २ को (क) मा ध्रुव अधिकारी र (ख) मा उद्धव खड्का, क्षेत्र नं. ३ को (क) मा श्रीराम चालिसे र (ख) मा विमल ठकुरी, क्षेत्र नं. ४ को (क) मा विमलकुमार होडा र (ख) मा रामप्रसाद लुइँटेल सभापतिमा विजयी भएका छन्।

    यस्तै, क्षेत्र नं. ५ को (क) मा दिनेश डंगाेल र (ख) मा राजु खड्का, क्षेत्र नं. ६ को (क) मा ख्यामराज तिवारी र (ख) मा विष्णुभक्त तिमल्सिना, क्षेत्र नं. ७ को (क) मा नवीन मानन्धर र (ख) मा वासुदेव लामा सभापतिमा निर्वाचित भाएका छन्। यसैगरी, क्षेत्र नं. ८ को (क) मा इन्द्रमानसिंह सुवाल र (ख) मा शिव खनाल, क्षेत्र नं. ९ को (क) मा मोहनबहादुर बस्नेत र (ख) मा राजेन्द्र भट्टराई तथा क्षेत्र नं. १० को (क) मा शैलेश मानन्धर र (ख) मा धर्मानन्द श्रेष्ठ निर्वाचित भएका छन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij