Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आधा शताब्दी कांग्रेसलाई सर्मपण गरेका भट्टराई


  • शुक्रबार, मंसिर ३ २०७८

  • आधा शताब्दी कांग्रेसलाई सर्मपण गरेका भट्टराई

    काठमाडौं– काठमाडौंको महाराजगञ्ज चक्रपथमा अहिले पनि विहान बेलुकी कांग्रेस कार्यकर्ताहरुको बाक्लो जमघट हुन्छ । कुनै समय कांग्रेस शिर्ष नेता गिरिजाप्रसाद कोइराला र सुशिल कोइरालाको निवास हुँदाताकादेखी नै चक्रपथ क्षेत्रमा कांग्रेस कार्यकर्ताको जमघट हुन थालेको हो । कतिले चक्रपथलाई कांग्रेस चोक नै पनि भन्ने गरेका छन् ।
    केन्द्रीय राजनीतिको पनि केन्द्र बनेको चक्रपथमा स्थानिय रुपमा विगत पचास वर्षदेखी कांग्रेसको झण्डा उचाली रहेका छन्, श्रीविनोद भट्टराईले । योग्यता, क्षमता, अध्ययन र योगदानका दृष्टिले कोहि भन्दा कम छैनन् भट्टराई ।
    विडम्बना नै भन्नु पर्छ पचास वर्ष तपस्या गर्दा पनि उनले पार्टीमा उचित स्थान पाएका छैनन् । उनले पार्टीलाई सवथोक दिए तर उनलाई पार्टीले दिनु पर्ने जति कुरा दिएन ।
    काठमाडौंका हुने खाने रैथाने परिवारका भट्टराईलाई सरसर्ति हेर्दा खासै कुनै कुराको कमी देखिदैन । त्यसैले पनि उनले पार्टीको सेवा बाहेक अर्थोक केहि गरेनन् । आज पनि भट्टराईको सक्रियता घटेको छैन् । जोश जागँर र उत्साहमा कमि आएको छैन् ।
    २०३२ सालमै उनी विद्यार्थी आन्दोलनमा होमिए । २०३६ सालमा भट्टराई कांग्रेस नेता वीरनाथ कर्माचार्यको नेतृत्वमा रहेर जनमत संग्रहमा बहुदलको पक्षमा सक्रिय भएर लागे । २०४२ सालको सत्याग्रहमा कांग्रेस नेता मार्शल जुलुम शाक्यको नेतृत्वमा काम गरे । ०४६ सालमा सर्वोच्च नेता गणेशमान सिंहको चक्सीबासी स्थीत निवासमा भएको सम्मेलनमा उनी प्रतिनिधि थिए । सोहि सम्मेलनले आब्हान गरेको जनआन्दोलनमा सक्रिय भट्टराई पक्राउ परे । आन्दोलनको सफलता पछि मात्रै उनी रिहा भएको थिए ।

     

    काठमाडौंका हुने खाने रैथाने परिवारका भट्टराईलाई सरसर्ति हेर्दा खासै कुनै कुराको कमी देखिदैन । त्यसैले पनि उनले पार्टीको सेवा बाहेक अर्थोक केहि गरेनन् । आज पनि भट्टराईको सक्रियता घटेको छैन् । जोश जागँर र उत्साहमा कमि आएको छैन् ।

     

    सधै पार्टीले जिम्मेवारी दिएको ठाउँमा कुशलता पूर्वक भुमिका निर्वाह गरेका भट्टराईले २०४८ सालको निर्वाचनमा नगरको प्रचार समितिको संयोजक भए । उनले नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ को क्षेत्रिय सभापतिका रुपमा पार्टीको नेतृत्व गरे । पार्टीको महाधिवेशन प्रतिनिधि र केन्द्रीय संगठन विभागको सदस्यका रुपमा समेत उनले पार्टीमा योगदान पु¥याएका छन् ।
    २०६२/६३ सालको जनआन्दोलनमा पनि भट्टराईको योगदान अविस्मरणीय रह्यो । अन्य दलहरुसंग समवन्य गरी आन्दोलनलाई अघि बढाउन भट्टराईको नेतृत्वदायी भुमिका रह्यो ।
    भट्टराईले विभिन्न सामाजिक जिम्मेवारीहरु समेत बहन गरेका छन् । २०५० सालमा काठमाडौं जिल्ला खेलकुद विकास समितिको अध्यक्ष भएर काम गरे । विश्वशान्ति क्याम्पसको अध्यक्षका रुपमा शिक्षा क्षेत्रमा योगदान दिए । २०५५ सालमा सकुम्बासी समस्या समाधान आयोगको काठमाडौं जिल्ला अध्यक्षका रुपमा काम गरे । तत्कालिन जनकपुर चुरोट कारखानाको सदस्यका रुपमा समेत भट्टराईले काम गरेका छन् ।
    पार्टीको एउटा इमानदार कार्यकर्ताका रुपमा काम गरेका भट्टराईसंग राजनीनिक अनुभव मात्रै आधा शताब्दीको छ । यो यात्रामा उनले पार्टी भित्र र बाहिरको अनेकौ राजनीतिक आरोह–अवरोह देखेका छन्, भोगेको छन् । जे गरे आफ्नै विवेकले गरे । कसैसंग सम्झौता गरेनन् र झुकेनन् ।
    यस क्षेत्रकै राजनीतिक अभिभावकका रुपमा रहेका भट्टराई पार्टीको १४ औं महाधिवेशनको गतिविधिममा पनि सक्रियता पूर्वक लागेका छन् । महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने सोच बनाएका भट्टराई यस क्षेत्रको कांग्रेसीलाई प्रेरणाका प्रतिक हुन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij