Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आज कांग्रेसको प्रदेशसभा निर्वाचन क्षेत्रमा अधिवेशन


  • शुक्रबार, मंसिर ३ २०७८

  • आज कांग्रेसको प्रदेशसभा निर्वाचन क्षेत्रमा अधिवेशन

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज प्रदेशसभा निर्वाचन क्षेत्रमा अधिवेशन हुँदैछ ।
    देशभरका ३ सय बढी प्रदेशसभा निर्वाचन क्षेत्रमा आज एकैसाथ प्रदेश तहको प्रतिनिधि चयन गर्न अधिवेशन हुन लागेको नेपाली कांग्रेसले जनाएको छ ।
    ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये १४ जिल्लामा यसअघि नै अधिवेशन सम्पन्न भइसकेको छ । नेपाली कांग्रेसको संसदीय क्षेत्रमा क्षेत्रीय अधिवेशन मंसिर ६ गते हुने निर्वाचन समितिले जनाएको छ ।
    आगामी २४-२६ मंसिरमा १४ औं केन्द्रीय महाधिवेशन हुँदैछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij