Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

शसांकलाई प्रकाशमानको जवाफ : असभ्य टिप्पणी नर्गनुस्


  • बुधबार, मंसिर १ २०७८

  • शसांकलाई प्रकाशमानको जवाफ : असभ्य टिप्पणी नर्गनुस्

    काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिदै गर्दा नेताहरु विच वादविवाद र आरोप प्रत्यारोप सुरु भएको छ । महामन्त्री डा. शसांक कोइरालाले सभापतिका आकांक्षी पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई काठमाडौं बाहिर नचिन्ने अभिव्यक्ति दिएपछि उनले आक्रोश व्यक्त गरेका छन् । उनले कोइरालाको टिप्पणीलाई असभ्यताको सज्ञा दिएका छन् । उनले पार्टीको तल्लो तहबाट काम गरेर आएको दावी गरे । संकटमा ज्यानकै बाजी थापेर काम गरेको भन्दै नेता सिंहले कोइरालालाई कुनै पदमा बसेर काम नगरेको अनुभवहिन भएको आरोप लगाए । महामन्त्री कोइरालाले एक कार्यक्रममा सिंह काठमाडौ भित्र मात्रै परिचित भएको र उनलाई काठमाडौं बाहिर कसैले नचिन्ने भन्दै सभापतिका लागि योग्य नभएको आसय व्यक्त गरेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij