काठमाडौँ – नेकपा एमालेको १० औं महाधिवेशनमा अध्यक्ष दोहोर्याउने तयारीमा रहेका केपी शर्मा ओलीलाई कसले चुनौति देला ? माधव नेपाल र झलनाथ खनाल हरु पार्टीबाट बाहिरिए पछि एक छत्र नेता बनेका ओली पुनः सर्वसम्मत अध्यक्ष बन्न सहज नहुने देखिएको छ । पार्टी भित्र ओलीको पेलाइ सहेर पनि संघर्ष गरिरहेका भीम रावलले ओलीलाई अध्यक्षमा चुनौति दिने सम्भावना देखिएको छ ।
रावलले गृह जिल्ला अछामको साँफेवगरमा कार्यकर्ता माझ त्यस्तै संकेत गरे । पार्टी भित्रको दश बुँधे सहमति कार्यान्वयनको आवज उठाएर ओलीसंग आमने सामने देखिएका रावलले कार्यकर्ताले जे मा उठ्नु भन्छन त्यसैमा उठने बताए पछि अध्यक्षमा उठ्नु पर्ने आवाज आयो । त्यसपछि उनले भने – ‘ म यो आवाजलाई कमजोर हुन दिन्नँ ।’ यसको अर्थ हो अध्यक्षमा उठ्ने ।
रावलले जित र हार ठूलो कुरा नभएको बताएर अध्यक्षमै उठ्ने थप संकेत गरे ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
