काठमाडौँ – नेपाल वार एशोसियसनले सर्वोच्च अदालतका प्रधान न्यायाधिश चोलेन्द्र समशेर जवरालाई भेटेर अदालत सुधारका लागी दवाव दिएको छ । कार्यपालिकामा हिस्सा माग्ने देखि न्याय सम्पादनमा भएका वेथीति सुधार गर्न वारले प्रधान न्यायाधिशलाई भेटेको हो ।
भेटमा जवराले पेशी तोक्दा गोलाप्रथा लागू गर्ने र फुलकोर्ट बोलाउने वचन दिएका छन । भेटपछि पनि वार आश्वस्त देखिएको भने छैन । उसले भोली अन्य न्यायाधिश लाई भेटने बताएको छ । अदालत सुधारमा प्रधान न्यायाधिश वाधक बने राजिनामा नै माग्ने वारको तयारी छ ।
भेटमा प्रधान न्यायाधिश जवराले गजेन्द्र हमाललाई मन्त्री बनाउन आफ्नो संलग्नता नभएको बताएका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
