Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

माओवादी केन्द्रद्धारा ३२ विभाग गठन


  • बिहिबार, कार्तिक ४ २०७८

  • माओवादी केन्द्रद्धारा ३२ विभाग गठन

    काठमाडौं – नेकपा (माओवादी केन्द्र) को बिहीबार बसेको स्थायी कमिटी बैठकले पार्टीका ३३ विभागमध्ये ३२ वटालाई पूर्णता दिएको छ । विपत व्यवस्थापन विभागबाहेक अन्यलाई पूर्णता दिएको हो ।
    माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार अनुसार माओवादीले देशभर सदस्य संख्या ५ देखि ६ लाख पुर्याउने लक्ष्य लिएको छ ।

    माओवादीले गठन गरेको विभागहरुको प्रमुखहरुमा अर्थ तथा योजना विभाग प्रमुख वर्षमान पुन छन् । संगठन विभाग प्रमुखमा अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्मा (प्रभाकर) छन् । त्यस्तै विदेश मामिला विभागमा नारायणकाजी श्रेष्ठ, प्रचार तथा प्रकाशन विभाग प्रमुख कृष्णबहादुर महरा, उद्योग मामिला विभाग प्रमुख वामदेव क्षेत्री, कृषि तथा भूमिसुधार विभाग हरिबोल गजुरेल, उपभोक्ता हित संरक्षण विभाग मात्रिका यादवको नेतृत्वमा गठन भएको छ ।

    यसैगरी पुस्तकालय तथा अभिलेख प्रमुख नारायणप्रसाद शर्मा, भौतिक पूर्वाधार विभाग प्रमुख हरि अधिकारी, युवा तथा खेलकुद विभाग प्रमुख गणेशमान पुन, राजकीय मामिला विभाग प्रमुख रेखा शर्मा, राष्ट्रिय सुरक्षा विभाग प्रमुख कृष्णबहादुर महरा, वन तथा वातावरण प्रमुख शक्तिबहादुर बस्नेत, विज्ञान तथा प्रविधि विभाग प्रमुख गणेश साह छन् ।

    शिक्षा तथा मानवस्रोत विभाग प्रमुख मायाप्रसाद शर्मा, श्रम तथा रोजगार विभाग प्रमुख रामेश्वर राय यादव, संसदीय विभाग प्रमुख देव गुरुङ, समाज कल्याण विभाग प्रमुख सत्या पहाडी र सहकारी विभाग प्रमुखमा धर्मदत्त देवकोटा छन् ।

    त्यसैगरी गिरिराजमणि पोखरेलले स्कूल, डोरप्रसाद उपाध्यायले कोष तथा आर्थिक, विना मगरले खानेपानी, लीलामणि पोखरेलले जलस्रोत तथा ऊर्जा, खिमलाल देवकोटाले निर्वाचन, मुक्ति प्रधानले कानून, झक्कुप्रसाद सुवेदीले पर्यटन, पर्शुराम तामाङले प्रादेशिक मामिला विभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।

    त्यस्तै शहरी विकास विभाग प्रमुख देवेन्द्र पौडेल, सामान्य प्रशासन विभाग प्रमुख टेकबहादुर बस्नेत, साहित्य तथा कला विभाग प्रमुख गोपाल ठाकुर, स्थानीय तह विभाग प्रमुख उर्मिला अर्याल, स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख कल्पना धमला र नीति अध्ययन प्रतिष्ठान विभाग प्रमुख रामचन्द्र झा छन् ।

    विपत व्यवस्थापन विभाग सूर्य सुवेदी ‘पथिक’को नेतृत्वमा गठन हुने भए पनि पूर्णता पाउन बाँकी रहेको प्रवक्ता महराले जानकारी दिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij