Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आइसिसी महिनाको उत्कृष्ट खेलाडी सन्दीप लामिछाने घोषित


  • सोमबार, असोज २५ २०७८

  • आइसिसी महिनाको उत्कृष्ट खेलाडी सन्दीप लामिछाने घोषित

    काठमाडौं– सन्दीप लामिछाने ‘आइसिसी प्लेयर अफ दि मन्थ’ को विजेता घोषित भएका छन्। उनी सेप्टेम्बर महिनाका लागि उत्कृष्ट खेलाडी घोषित भएका हुन्।
    महिलातर्फको अवार्ड इंग्ल्यान्डकी कप्तान हेदर नाइटलाई प्रदान गरिने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले गत साता सार्वजनिक गरेको सेप्टेम्बर महिनाको ‘आइसिसी प्लेयर अफ दि मन्थ’ को मनोनयनमा सन्दीपसहित तीन खेलाडी परेका थिए।
    मनोनयनमा सन्दीपसँगै बंगलादेशका स्पिनर नसुम अहमद र अमेरिकाका ब्याट्सम्यान जस्करण मल्होत्रा परेका थिए।
    भोटिङमा सन्दीपले अहमद र मल्होत्रालाई पछि पार्दै उत्कृष्ट खेलाडी बन्न सफल भए।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij