कानमाडौं – भारत भ्रमणमा रहेको नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको टोलीले भारतीय जनता पार्टी ( भाजपा) अध्यक्ष जेपी नड्डासंग भेटवार्ता गरेको छ । भेटमाभाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले र नेता डा. आश्विन जोहरको उपस्थित थिए ।
भेटमा दुई पार्टी सम्बन्ध विस्तारका बारेमा सौहार्दपुर्ण कुराकानी भएको सहमहामन्त्री डा. महतले बताए । प्रतिनिधि मण्डलमा कांग्रेस नेता उदयशमशेर राणा र अजय चौरसिया सहभागी थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
