काठमाडौं – नेपाली कांग्रेसको एक टोली भारतीय जनाता पार्टी (भाजपा)को निमन्त्रणामा भारत प्रस्थान गरेको छ । सहमहामन्त्री डा प्रकाशशरण महत नेतृत्वको टोली आज बिहीबार बिहान नयाँदिल्ली प्रस्थान गरेको हो ।
टोलीमा नेपाली कांग्रेसका नेताद्वय अजय चौरसिया र उदय शम्शेर राणा रहेका छन् । पाँच दिनको भ्रमणका क्रममा उनीहरूले भारतीय जनता पार्टीका अध्यक्ष तथा नेताहरुका साथै भारतीय विदेशमन्त्रीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
दिल्ली प्रस्थान गर्नुअघि डा महतले यो भ्रमणले नेपाली कांग्रेस र भारतीय जनता पार्टीका साथै नेपाल र भारत सरकारबीचको सम्बन्धलाई थप सुदृढ गर्न सहयोग गर्ने बताए ।
उनले भने, “केही अघि भारतीय जनता पार्टीका नेता नेपाल आउनुभयो र आज हामी भारततर्फ जाँदैछौँ, दुई दलबीचको यो भ्रमण आदानप्रदानले आपसी समझ्दारी र एक अर्काप्रतिको बुझाइमा सहयोग पुर्याउने छ ।”
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
