ताप्लेजुङ – नेपाली काँग्रेस ताप्लेजुङको सभापतिमा गजेन्द्रप्रसाद तुम्याहाङ निर्वाचित भएका छन् । चौधौँ जिल्ला अधिवेशनअन्तर्गत आइतबार सम्पन्न निर्वाचनबाट तुम्याहाङ निर्वाचित भएका हुन् ।
यस्तै उपसभापतिमा गणेश चोङ्वाङ, डिल्लीरमण बराल, सचिवमा डम्बर हाङ्गाम र नन्दकुमार ओझा निर्वाचित भएका छन् । सहसचिवमा तेज सुनुवार (जङ्ग) र नन्दकुमार आङ्बुहाङ निर्वाचित भएको निर्वाचन अधिकृत तिलक पाण्डेले जानकारी दिए ।
एक उपसभापतिबाहेक तुम्याहाङको प्यानल नै विजयी बनेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
