Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौं कांग्रेस : शिंह र प्रधान पक्षको मिश्रित परिणाम


  • आइतबार, असोज १७ २०७८

  • काठमाडौं कांग्रेस : शिंह र प्रधान पक्षको मिश्रित परिणाम

    काठमाडौँ – नेपाली कांग्रेस को १४औँ महाधिवेशन अन्तरगत काठमाडौं को केहि परिणाम आएको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंह र सांसद भिमसेन दास प्रधान समूहको मिश्रित परिणाम आएको छ ।
    नेपाली कांग्रेसको टोखा नगरपालिका समितिको सभापतिमा ओमकृष्ण विमली निर्वाचित भएका छन । कांग्रेशपूर्व महामन्त्री कृष्णप्रसाद सिटौला निकट विमलीले आफ्नो प्रतिद्धन्दी दीपकराज जोशीलाई ११ भोटको अन्तरले पराजित गरेका हुन । पराजित जोशी पूर्वमहामन्त्री प्रकाशमान सिंह निकट हुन ।

    तारकेश्वर नगरपालिकाको सभापतिमा कृष्णहरि महर्जन निर्वाचित भएका छन् । उनले १३५ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी श्रीराम थापाले ११४ मत प्राप्त गरे । उनी पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकट मानिन्छन् ।
     उपसभापतिद्वयमा नवराज अर्याल (१२५) र जमुना तिमिल्सिना (१२३),  सचिवद्वयमा राजु फुँयाल (१२६) र शङ्कर तिमिल्सिना (११७),सहसचिवद्वयमा सरस्वती पौडेल (११७) र अप्सरा खड्का (११४)मत प्राप्त गरी विजय भएका छन् । 

    कांग्रेस बूढानीलकण्ठ नगरपालिकाको सभापतिमा राजाराम बुढाथोकी निर्वाचित भएका छन्। उनले १५५ मत प्राप्त गगरे भने उनका निकटम प्रतिद्वन्द्वी राजन बुढाथोकीले ६८ मत प्राप्‍त गरे । उनी प्रकाशमान सिंह-गगन थापा निकट हुन् ।

    यस्तै  उपसभापतिद्वयमा सानुकान्छा श्रेष्ठ (१८१) र शम्भु कार्की (१७०),  सचिवद्वयमा विजेन्द्र श्रेष्ठ (२०६), विजेन्द्र पुडासैनी (१७१),सहसचिवद्वयमा कुमार खड्का (१४५) र निर्मला आचार्य (पौडेल) १२८ मतल्याई विजय भएको निर्वाचन समितिले जनाएको छ ।

    नेपाली कांग्रेसको शंखरापुर नगर सभापति पदमा दिलिपकुमार श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले ८६ मत ल्याएर सभापतिमा विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी सत्यमान लामाले ६८ मत मात्रै ल्याएका थिए । उपसभापतिमा अमित प्रधान र मिलन खड्का विजयी भए भने सचिवमा स्वयम्भूलाल श्रेष्ठ र रनबहादुर तामाङ विजयी भएका छन् । सहसचिवमा भने श्रीराम लामिछाने र बसन्त थिङ विजयी भएका छन् । यहाँ 
    सभापतिदेखि प्यानल नै सिंह-थापा निकटले जितेका हुन् ।

    कागेश्वोरी मनहरा नगर सभापतिमा उद्धव दाहाल विजयी भएका छन् । शनिबार भएको नगर अधिवेशनबाट संस्थापन समूह निकट दाहालले १५१ मत पाए भने अर्का प्रत्यासी मिठ्ठाराम दाहालले १३८ मत पाए । दाहालले नगर सभापतिमा निकटतम प्रतिस्पर्धी मिट्ठाराम दाहाललाई १३ मत पछाडि पार्दै विजयी हासिल गरेका हुन् ।सभापतिमा पराजित दाहाल कांग्रेस नेता प्रकाशमान सिंह निकट हुन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij