Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

टोखा नगरपालिकामा ओमकृष्ण विमली र दीपकराज जोशीको प्यानल विच प्रतिस्पर्धा


  • शनिबार, असोज १६ २०७८

  • टोखा नगरपालिकामा ओमकृष्ण विमली र दीपकराज जोशीको प्यानल विच प्रतिस्पर्धा

    काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत आज नगर अधिवेशन हुँदै छ । काठमाडौँ को टोखा नगर पालिकामा कांग्रेसको नगर सभापतिमा ओमकृष्ण विमली र दिपकराज जोशी बिच प्रतिस्पर्धा हुँदैछ । विमली पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकट हुँन भने जोशी अर्का पूर्वमहामन्त्री प्रकाशमान सिंह निकट हुन ।
    यो निर्वाचनलाई सिटौला निकट नेता भिमसेन दास प्रधान र शिंह विचको शक्ति संघर्षका रूपमा समेत हेरिएको छ । विमलीलाई सभापति शेरबहादु देउवा पक्षको समेत समर्थन छ । टोखा नगरपालिका नेता प्रधान र देउवा निकट नेता सहमहामन्त्री डा. प्रकाशशरण महतको निर्वाचन क्षेत्रमा पर्दछ ।

    जोशी टोखा नगरपालिका वार्ड नं. २ का वडा अध्यक्ष हुन भने विमली ३ नं. वडाका पूर्वइकाई सभापति हुन ।
    विमलीले आफ्नो समूहमा ऋषीराम अर्याल र मनराज अधिकारीलाई उपसभापतिमा अघि सारेका छन । जोशीले उपसभापतिमा चन्द्रबहादुर थापा मगरलाई अघि सारेका छन भने अर्को उपसभापतिमा विमली समूहकै मनराज अधिकारीको नाम सार्वजनिक गरेका छन । अधिकारी भने विमली समूहका अधिकारीक उम्मेदवार रहेको बताइएको छ ।
    दुवै उम्मेदवार परिणाम आ-आफ्नो पक्षमा पार्न सक्रिय छन ।

    कियाशिल सदस्यबाट नगर सभापति निर्वाचित हुने व्यवस्था हटाएर कांग्रेसले क्षेत्रिय प्रतिनिधिवाट निर्वाचित हुने व्यवस्था गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij