काठमाडौं – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत काठमाडौं जिल्लामा रोचक प्रतिस्पर्धा देखिएको छ । देशको अन्य जिल्लामा जस्तो सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष विच को प्रतिस्पर्धा काठमाडौंमा देखिने छैन । संघीय राजधानी समेत रहेको काठमाडौमा जिल्ला देखि वडा तह सम्म पूर्वमहामन्ती प्रकाशमान सिंह र काठमाडौं कांग्रेसको पूर्व सभापति भिमसेनदास प्रधानविच प्रतिस्पर्धा देखिएको छ ।
वडा तहमा शिह र प्रधान पक्ष तुलनात्मक रूपमा कम देखिए पनि पालिका, प्रदेश , क्षेत्र र जिल्लाम प्यानल नै बनाएर चुनवी भिडन्त हुँदैछ । प्रधानको पक्षमा तिर्थराम डंगोल, ध्यानगोविन्द रञ्जीत,गौरी दवाडी ,हरिहर अधिकारी प्रगतीमान रञ्जीत जस्ता पुराना र युवा नेता छन भने शिहको पक्षमा सवुजकृष्ण बानियाँ, राजुराज जोशी लगाएतका जिल्ला नेताहरु छन ।
१६ गते हुने पालिका अधिवेशनमा काठमाडौं महानगरपालिका सहित नगरपालिकामा दुवै पक्षले प्यानल खडा गरेका छन । दश निर्वाचन क्षेत्रमा पनि अधिकांशमा प्रधान र शिंहकै प्यानल मैदानमा छ । प्रधान पक्षले सभापति शेरबहादुर देउवा पक्षलाई समेत समेटेर प्यानल निमार्ण गरेको छ भने शिंहले अधिकांश आफु निकटलाई समेटेर प्यानल बनाएको छ ।
काठमाडौं जिल्ला सभापतिमा शिंहले सवुज कृष्ण बानियाँलाई निरन्तरता दिने भएका छन भने प्रधानले सभापति देउवा पक्षसंग मिलेर प्यानल बनाउँदै छ । जिल्ला सभापति र क्षेत्रीय सभापतिमा कतिपय ठाँउमा प्रधान पक्षले देउवा पक्षलाई नेतृत्व दिने तयारीमा छ । प्रधानले सभापति देउवालाई भेटेर तालमेलवारे छलफल गरेका छन । महाधिवेशन प्रतिनितिमा समेत प्रधानले देउवा पक्षसंग तालमेल गर्दै छन् ।
काठमाडौंको कांग्रेश राजनितिमा लामो समय देखि प्रतिद्वन्दी रहेका प्रधान र शिंह आआफ्नो मोर्चा बलियो बनाउन सक्रिय छन । शिंह केन्द्रीय राजनितिमा प्रभावशाली भए पनि जिल्लामा प्रधानको प्रतिस्पर्धी जस्तै देखिएका छन ।
केन्द्रीय राजनितिमा शिंह पौडेल पक्ष मानिए पनि आफै सभापतिको दावेदार छन भने प्रधान पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकट छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
