दाङ – नेपाली कांग्रेस घोराही उपमहानगरपालिकाको सभापतिमा ३० वर्षीय तिलक रावत निर्वाचित भएका छन् । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शनिबार नगरमा नेतृत्व चुन्न मतदान भएको थियो ।
२८६ मत प्राप्त गरी रावत नगर सभापतिमा विजयी भएका हुन् । उनले आफ्ना प्रतिस्पर्धी निरज गिरीलाई फराकिलो मतान्तरले पराजित गरे । २८ वर्षीय गिरीले १६२ मत मात्रै पाए ।
यस्तै, उपसभापतिमा दुर्लभ केसीले २९४ र प्रदीप सुवेदीले २३५ मत प्राप्त गरी विजयी भएका छन् । उनीहरूका प्रतिस्पर्धीहरू श्रीधर महराले २०० र बेदबहादुर लामिछानेले १२५ मत पाए ।
Global bank
सचिव पदमा भीमकान्त चौधरीले २९१ र पुष्पराज आचार्यले २६० मत प्राप्त गरी विजयी भए । उनीहरूका प्रतिस्पर्धीहरू किरण पौडेलले १४९ र मनोज केसीले १७१ मत पाए ।
सहसचिव पदमा चेतन बस्नेतले २९५ र राजकुमार बस्नेतले २८२ मत प्राप्त गरी विजयी भए । उनीहरूका प्रतिस्पर्धीहरू सतिश शर्माले १३६ र भरत धितालले १४९ मत पाए । घोराहीमा कुल ४६८ मतदाता रहेकोमा ४६२ मत खसेको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
