काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले पदाधिकारी टुंगो लगाएको छ । एसमाजवादीले ६ उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र चार सचिव चयन गरेको हो ।
उपाध्यक्षहरुमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथप्रसाद साह, केशवलाल श्रेष्ठ, घनेन्द्र बस्नेत र जयन्ती राई चयन भएका छन् । त्यसैगरी बेदुराम भुसाल महासचिव बनेका छन् ।
उपमहासचिवमा गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल छन् । सचिवहरुमा राजेन्द्र राई, जगनाथ खतिवडा, नागेन्द्रप्रसाद चौधरी र रामकुमारी झाँक्री चयन भएका छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
