Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

लिखु तामाकोशी गाउँपालिकाको सभापतिमा कार्कीकोे उम्मेदवारी घोषणा


  • मंगलबार, असोज ५ २०७८

  • लिखु तामाकोशी गाउँपालिकाको सभापतिमा कार्कीकोे उम्मेदवारी घोषणा

    काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा यति बेला वडा स्तरका अधिवेशनहरु हुनेक्रम जारी रहेको छ । वडा अधिवेशन सम्पन्न भएपछि पालिकाको अधिवेशन हुने भएसगैं उम्मेदवारी घोषणा गर्नेक्रम जारी रहेको छ ।
    नेपाली कांग्रेस लिखु तामाकोशी गाउँपालिका रामेछापको सभापतिमा लोकप्रिय युवा नेता जीवन कार्कीले उम्मेदवारी घोषणा गरेका छन् । उनी हाल तरुण दल रामेछापको सह–सचिव रहेका छन् । सामाजिक कार्यमा सक्रिय रहेका युवा नेता कार्की विभिन्न सामाजिक संघसंस्थामा नेतृत्व गर्दै सामाजिक काम गर्दै आएका छन् ।
    उनी आफ्नो क्षेत्रको विकास निर्माणमा पनि सक्रिय भएर लागेका छन् ।  उम्मेदवारी घोषणासगैं कार्कीले आफ्नो प्रतिबद्धता पनि सार्वजनिक गरेका छन् । उनका प्रतिबद्धतामा क्रियाशिल सदस्यहरुको क्षमता बृद्धि गर्ने, पार्टी भित्रका मतभेदलाई न्युनिकरण गर्ने, युवा वर्गलाई सामाजिक तथा आर्थिक विकाससगैं उद्यमशिलतामा लगाउने, आगामी निर्वाचनमा पार्टीका सम्पूर्ण व्यक्तिहरुलाई एकजुट गराउने, जिल्लाका अन्य स्थानिय तहका कार्यसमितिहरुसंग सहकार्य गर्ने लगाएतका रहेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij