Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेसको बागमति प्रदेशमा चुनावी सरगर्मी


  • आइतबार, असोज ३ २०७८

  • कांग्रेसको बागमति प्रदेशमा चुनावी सरगर्मी

    काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत बागमती प्रदेश समितिको नेतृत्वको लागि चुनावी सरगर्मी बढेको छ । संविधान निर्माण पछि पहिलो पटक कांग्रेसले अधिवेशनको माध्यमबाट प्रदेश समिति निर्माण गर्न लागेको हो ।
    प्रदेश समितिको सभापतिको लागि कांग्रेस नेताहरु भिमसेनदास प्रधान, रामनाथ अधिकारी र जगदिश्वरनरसिंह केसीले तयारी थालेका छन् । प्रधान कांठमाडौं कांग्रेसका पूर्वसभापति हुनुका साथै पूर्वमन्त्री हुन । त्यसैगरी अधिकारी धादिङ कांग्रेसका पूर्वसभापति हुनुका साथै पूर्व सांसद हुन । केसी नुवाकोट कांग्रेसको पूर्व सभापतिका साथै पूर्व सांसद हुन ।
    प्रधान पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकट मानिन्छन् । उनले सभापति शेरबहादुर देउवा पक्षको समेत समर्थनका लागि प्रयास अघि बढाएका छन् । त्यसैगरी अधिकारी र केसी बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर हुन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij