Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राजनीतिमा परिवर्तनका लागि मेरो उम्मेदवारी : विश्वप्रकाश शर्मा


  • आइतबार, असोज ३ २०७८

  • राजनीतिमा परिवर्तनका लागि मेरो उम्मेदवारी : विश्वप्रकाश शर्मा

     

    झापा – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अब राजनीतिमा परिवर्तनका आवश्यक रहेको बताएका छन् । सात दशकसम्म राजनीतिक परिवर्तनका लागि दलहरूले संघर्ष गरेको भन्दै उनले अब राजनीतिमा परिवर्तन आवश्यक रहेको बताए ।

    राजनीतिमा परिवर्तनकै लागि कांग्रेसको आसन्न १४औँ महाधिवेशमा आफूले महामन्त्री पदका लागि उम्मेदवारी घोषणा गरेको उनकाे भनाइ छ । ‘हिजो राजनीतिक दलको अगुवाइमा ठूला-ठूला राजनीतिक परिवर्तन भए । अब राजनीतिमा परिवर्त भयो भने मात्र देशमा संमृद्धिका ढोका खुल्छ,’ उनले भने ।

    गृहजिल्ला झापाको बिर्तामोडमा महामन्त्रीको अवधारणा प्रस्तुत गर्दै उनले राजनीतिप्रति सबैको आकर्षण बढाउने आफ्नो मुख्य एजेण्डा भएको दाबी गरे । ‘एउटा विद्यालय पढ्दै गरेको विद्यार्थी पछि के बन्छस् भन्दा डाक्टर, इञ्जिनीयर, पाइलट बन्छु भन्छ । तर, किन उसको सपनामा राजनीतिमा आएर देश बदल्छु भन्ने छैन,’ उनले भने, ‘यो गम्भीर प्रश्न हो । राजनीतिलाई सेवासँग जोडेर विद्यालय पढ्ने विद्यार्थीले राजनीति गर्छु भन्ने वातावरण बनाउन मेरो उम्मेदवारी हो ।’

    वीपी जन्म जयन्तीको अवसरमा सुन्दरीजलबाट महामन्त्रीको उम्मेदवारी घोषणा गरेका शर्माले संविधान दिवसको दिन अवधारणा सार्वजनिक गर्दै संविधान विमतिबीचको सहमति भएको बताए । उनले संविधान बनाउनेले संविधानप्रति इमान राख्नुपर्ने बताए ।

    उनले राजनीतिभित्र सहिष्णुता आवश्यक रहेको बताए । प्रवक्ता शर्माले प्रधानमन्त्री भइसकेका व्यक्तिले सस्तो लोकप्रियताका लागि सहिष्णुता बिर्सिएको दाबी गरे । उनले सहिष्णुता लोकतन्त्रको पहिलो सर्त भएको बताए । उनले अब एउटा व्यक्ति एक पटक मात्र राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक सांसद बन्ने नीति आवश्यक भएको बताए । ‘यस्तो हुँदा तपाईं ७० वर्ष पुग्नुभयो ‘बा’ विश्राम लिनुहोस् भन्न पर्दैन,’ उनले भने, ‘अब यस्तो नीति किन नबनाउने ?’ न्युज कारखाना

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij