Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एमालेमा थापा र भट्ट नै प्रदेश इन्चार्ज,झस्किए पूर्वनेपाल पक्ष


  • बिहिबार, भाद्र ३१ २०७८

  • एमालेमा थापा र भट्ट नै प्रदेश इन्चार्ज,झस्किए पूर्वनेपाल पक्ष

    काठमाडौं – एमाले विभाजन हुनु भन्दा पहिला माधव नेपाल पक्षमा रहेर विभाजनपछि एमालेमा नै रहेकाहरुलाई अध्यक्ष केपी शर्मा ओलीले पेल्ने संकेत देखिएको छ ।
    दश बुँधे सहमतिका नाममा पुरानै जिम्वेवारी पाउने आशमा रहेका नेताहरु पछिल्ला दुईवटा घटनाबाट भस्किएका छन । सुदुरपश्चिमका इन्जार्च पाउनेमा ढुक्क रहेका उपाध्यक्ष भीम रावल अध्यक्ष ओलीले माओवादीबाट आएका नेता लेखराज भट्टलाई नै इन्चार्ज बनाएपछि झस्किए ।
    उनी आफु निकट हरुसंग छलफलमा छन ।
    रावलले यसबारे मुख नखोल्दै बाग्मती प्रदेश मा त्यस्तै घटना दोहोरिएको छ । प्रदेश इन्चार्ज बन्नेमा ढुक्क रहेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य काठमाडौं जिल्ला पार्टी कमिटीले आयोजना गरेको कार्यक्रममा झस्किइन । त्यहाँ माओवादीबाट आएका रामबहादुर थापालाई प्रदेश इन्चार्जको रुपमा सहभागी गराइयो ।
    यी दुई परिघटनाले माधव नेपाललाई छाडेर एमालेमा बसेका नेताहजलाई आगामी दिन सहज छैन भन्ने संकेत गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij