Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेसको टोखा नगर सभापतिमा जोशी र विमली विच मुख्य प्रतिस्पर्धा


  • बिहिबार, भाद्र ३१ २०७८

  • कांग्रेसको टोखा नगर सभापतिमा जोशी र विमली विच मुख्य प्रतिस्पर्धा

    काठमाडौँ – काठमाडौं जिल्लाको कांग्रेस क्रियाशिल सदस्यता टुङ्‌गो लागे संगै चुनावी सरगर्मी बढ्न थालेको छ । वडा देखि जिल्ला तह सम्मका नेतृत्वका आकांक्षीहरु राजनितिक गतिविधि वढाउन सक्रिय छन ।
    टोखा नगर समितिका आकांक्षीहरुलाई पनि चुनावी सरगर्मीले छोएको छ । नगरको सभापतिका लागी ओमकृष्ण विमली र दीपकराज जोशी मुख्य आकांक्षी देखिएका छन । नगर सभापतिका लागी केदार पाठक र ऋषीराम अर्यालको नाम समेत चर्चामा छ ।
    तर काठमाडौंको राजनितिमा प्रभाव राख्ने पूर्व महामन्त्री प्रकाशमान सिंह निकट मानिएका जोशी र काठमाडौं क्षेत्र नं. ६ सांसद एवं पूर्व जिल्ला सभापति भीमसेनदास प्रधान निकट विमली विच प्रतिस्पर्धा हुने बताइएको छ ।
    जोशी टोखा नगरपालिका वार्ड नं. २ का वडा अध्यक्ष हुन भने विमली ३ नं. वडाका इकाई सभापति हुन ।
    कियाशिल सदस्यबाट नगर सभापति निर्वाचित हुने व्यवस्था हटाएर कांग्रेसले क्षेत्रिय प्रतिनिधिवाट निर्वाचित हुने व्यवस्था गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij