काममाडौँ – कांग्रेसको विधान अनुसार दुई जना महामन्त्री रहने व्यवस्था छ । निर्वाचनद्वारा छानिने दुई महामन्त्री पहिलो पल्ट विधानमा व्यवस्था गरिएको हो । त्यहि दुई महामन्त्री पदमा कांग्रेशका प्रभावशाली युवा नेताहरुको आँखा परेको छ ।
अघिल्लो पल्ट महामन्त्रीका प्रत्यासी बनेका गगन थापाले औपचारिक रुपमा नै यस पल्ट पनि महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । समूहगत रूपमा अघिल्लो पल्ट कृष्णप्रसाद सिटौलाको समूहबाट महामन्त्री लडेका गगनको यस पल्ट समूह प्रकट भइसकेको छैन ।
बरिष्ठ नेता रामचन्द्र पौडेलले केही समय पहिले गरेको पत्रकार सम्मेलनमा उपस्थित भएका गगनलाई धेरैले उक्त समूहबाट उम्मेदवार बन्न लागेको अनुमान गरेका छन् । सभापतिको टुङ्गो लगाउन नसकेको पौडेल समूहले गगनलाई महामन्त्री उम्मेदवार बनाउने निर्णय पक्कै गरिसकेको छैन । तर पनि गगन महामन्त्रीमा लड्ने घोषणा भने भइसकेको छ ।
विद्यार्थी राजनितिमा गगन भन्दा केहि सिनियर विश्वप्रवाश शर्माले पनि महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन । बीपी जयन्तीको अवसर पारेर बीपी संग्राहलय सुन्दरीजल पुगेर शर्माले उम्मेदवारी घोषणा गरेका हुन । सभापति शेरबहादुर देउवाले पार्टी प्रवक्ताको जिम्वेवारी दिएका शर्माले पनि देउवा समूहको अधिकारीक महामन्त्री नभई व्यक्तिगत तवरले नै महामन्त्री उम्मेदवार घोषणा गरेका हुन । अघिल्लो महाधिवेशनमा सिटौला समूहमा रहेका अर्का युवा नेता प्रदीप पौडेलले पनि महामन्त्रीमा नै उम्मेदवारी दिने बताउँदै आएका छन ।
केही दिनमा उनले पनि औपचारीक घोषणा गर्ने तयारी गरेका छन । उनी पनि कुन समूहवाट उम्मेदवार बन्दै छन भन्ने प्रष्ट छैन ।
तीन युवा पुस्ताका नेताहरुले महामन्त्रीमा उम्मेदवारी घोषणा गर्नु भनेको अघिल्लो पुस्ता नेताहरूलाई चुनौति भएको छ । कांग्रेसका सबै समूहमा विश्व, गगन र प्रदीपहरूको पुस्ता भन्दा अघिल्लो पुस्ताका महामन्त्री दावी गरेर बस्नेहरूको संख्या ठूलो छ । कांग्रेसमा युवा नेतृत्वको चाहना राख्नेहरुको संख्या बढी रहेका बेला तीनजना युवाको महामन्त्रीमा दावी पर्नुले अघिल्लो पुस्तालाई चुनौती थपेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
