Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एक्सन स्पोर्ट्सले नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलको प्रत्यक्ष प्रसारण गर्ने


  • बिहिबार, भाद्र २४ २०७८

  • एक्सन स्पोर्ट्सले नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलको प्रत्यक्ष प्रसारण  गर्ने

    काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज दशरथ रगंशालामा बंगलादेशसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दै छ । नेपाल र बंगलादेशबीचको खेल डिशहोमको एक्सन स्पोर्ट्सले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।
    नेपाल र बंगलादेशबीचको खेल अपराह्न ५ बजे सुरु हुनेछ । एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
    नेपाल र बंगलादेशबीचको हालसम्मको नतिजा हेर्दा नेपाल आजको खेलबाट नेपाली महिला टोलीले दशरथ रंगशालामा डेब्यु गर्न लागेको छ । नेपाली राष्ट्रिय महिला टोलीले अहिलेसम्म दशरथ रंगशालामा खेलेको छैन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij