Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीले दिए राजीनामा


  • मंगलबार, भाद्र २२ २०७८

  • सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीले दिए राजीनामा

    धनगढी – सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी भएका दुई जना मन्त्रीले राजीनामा दिएका छन् ।
    एमाले संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिएका हुन् ।
    विगतमा माधव नेपाल समूहमा रहेका शाह र गहतराज पार्टी विभाजनपछि एमालेमै रहेका छन् ।
    पार्टी विभाजनका बेला एमाले स्थायी कमिटिको बैठकको निर्देशन विपरीत शाहले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएका थिए ।
    गत जेठमा एमाले माधव समूहले ३ जना मन्त्रीलाई फिर्ता बोलाएर ७ जना मन्त्री थपेको थियो । सो क्रममा उनी आर्थिक मामिला मन्त्री बनेका थिए भने गहतराज राज्यमन्त्रीमा नियुक्त भएकी थिइन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij