काठमाडौं – नेपाली कांग्रेस क्षेत्र नं ५ को क्षेत्रिय सभापतिमा मनिष जोशीले उम्मेदवारी दिने घोषणा गरेका छन । कांग्रेश महाधिवेशन प्रतिनिधि रहेका जोशीले क्षेत्रका अगुवा नेता तथा कार्यकर्ताहरुको भेला राखेर जोशीले क्षेत्रिय सभापतिमा आफ्नो दावी प्रस्तुत गरेका हुन । प्रदेश सभामा कांग्रेसका तर्फबाट समानुपातिक सांसदका उम्मेदवार समेत रहिसकेका जोशी खेलकूद र समाजसेवामा समेत सक्रिय छन ।
कांग्रेसको संगठनलाई नयाँ ढंगबाट गतिशिल बनाउन आफ्नो उम्मेदवारी भएको जोशीले बताए ।

क्षेत्र नं.५ को सभापतिमा वर्तमान क्षेत्रिय सभापति रमेश खड्का, महासमिति सदस्य श्याम खड्का , क्षेत्रिय सचिव जनक श्रेष्ठ र राजेश अधिकारीले समेत उम्मेदवारी दिने बताएका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
