Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल बराबरीमा टुङ्गियो


  • बिहिबार, भाद्र १७ २०७८

  • नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल  बराबरीमा टुङ्गियो

    काठमाडौं – सुरुवाती अग्रता जोगाउन नसक्दा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल भारतसंग १-१ को बराबरीमा रोकिएको छ । दशरथ रंगशालामा अन्जन विष्टले पहिलो हाफमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा भारतका लागि अनिरुध थापाले बराबरी गोल फर्काए ।

    नेपाल र भारतबीच सन् २०१७ मा मुम्बईमा पछिल्लो मैत्रीपूर्ण खेल हुँदा नेपाल २-० ले पराजित भएको थियो । दशरथ रंगशालामा भने सन् २०१५ पछि यी दुई टोली पहिलो पटक खेलेका हुन् । ३६ औं मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाए ।
    ६० औं मिनेटमा भारतका वैकल्पिक खेलाडी अनिरुध थापाले गोल गर्दै खेल बराबरी गरे । कप्तान सुनील क्षेत्रीले करिब २० यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहार नेपालका गोलकिपर किरण चेम्जोङले डाइभ गर्दै बचाए पनि पूर्ण रुपमा क्लियर नभएपछि अनिरुदले गोललाइनबाटै जाली चुमाए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij