Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

झलनाथ खनाल स्वास्थ्य उपचारपछि स्वदेश फिर्ता


  • सोमबार, भाद्र १४ २०७८

  • झलनाथ खनाल स्वास्थ्य उपचारपछि  स्वदेश फिर्ता

    काठमाडौं– पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल भारतको एपोलो अस्पतालमा स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका छन् । सोमबार स्वदेश फर्किएका नेता खनाल साढे २ महिनाअघि गत असार २ गते भारत गएका थिए ।
    भारतमा खनालले मिर्गौला ट्रान्सप्लान्ट गरेका थिए । खनाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष माधवकुमार नेपाल, नेताहरु मुकुन्द न्यौपाने, बेदुराम भुसाल, गंगालाल तुलाधर लगायतका नेताले स्वागत गरेका थिए ।स्वदेश फर्कने क्रममा त्रिभुवन विमानस्थलमा खनालले आफ्नो स्वास्थ्य उपचारमा सहयोग गर्ने सबैलाई हार्दिक आभार व्यक्त गरेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij