Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बस्दै


  • बिहिबार, भाद्र १० २०७८

  • नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

    काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको आज केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गरेपछि पहिलो पटक केपी ओली नेतृत्वको एमालेको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।
    तुल्सीलाल स्मृति प्रतिष्ठानमा मध्यान्ह १२ बजे बैठक बस्न लागेको हो ।
    बैठकमा पार्टी विभाजनपछिको परिस्थितिको समीक्षा, पार्टीको आगामी रणनीति र दल अदलबदललाई कसरी रोक्ने भन्ने विषयमा रणनीति बनाइने कार्यसूची छ । त्यसैगरी संगठनात्मक विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij