Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दल विभाजन सम्बन्धी अध्यादेश मन्त्रीपरिषदबाट अनुमोदन


  • मंगलबार, भाद्र १ २०७८

  • दल विभाजन सम्बन्धी अध्यादेश मन्त्रीपरिषदबाट अनुमोदन

    काठमाडौ – सरकारले संसदिय दल वा केन्द्रीय समितिमा बीस प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने अध्यादेश पारित गरेको छ । यस अघि दल विभाजन सम्बन्धी ऐनमा केन्द्रीय समिति र संसदीय दलमा चालिस प्रतिशत पुर्‍याउनु पर्ने व्यवस्था थियो । नेकपा एमालेका माधव नेपाल पक्षलाई दल विभाजन गर्न सजिलो हुने गरी सरकारले अध्यादेश ल्याउन लागेको हो ।
    अध्यादेश ल्याउन सरकारले संसदको चालु अधिवेशन अन्त्य गरेको थियो । यो अध्यादेशले जनता समाजवादी को महन्थ ठाकुर पक्षलाई समेत दल विभाजन गर्न सजिलो हुने छ । एमालेले अध्यादेश ल्याए प्रतिवाद गर्ने निर्णय गरेको छ । अध्यादेश सरकारको सिफारिसमा राष्ट्रपतिले जारी गर्ने व्यवस्था छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij