काठमाडौं – नेपाली कांग्रेसका सांसद एंव पूर्वस्वास्थ्य मन्त्री गगन थापाले कक्षा १२ को परीक्षा स्थगित गर्ने तर अरू परीक्षा नरोकिएको भन्दै असन्तुष्टि जनाएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत् सांसद थापाले कक्षा १२ को परीक्षा स्थगित गरेर अन्य परीक्षा सञ्चालनकाे आधार के हो भनी प्रश्न गरेका छन् ।
उनले लेखेका छन – “कोरोना महामारीको कारणले कक्षा १२ को परीक्षा स्थगित तर अन्य परीक्षा सञ्चालन! यसको आधार र तर्क के हो?यस विषयमा स्वास्थ्य मन्त्रालयको धारणा के छ? प्रधानमन्त्रीज्यू कि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गर्ने विश्वास सरकारले दिलाउनु पर्यो कि वैकल्पिक माध्यामबाट परीक्षा संचालन गर्नुपर्यो।”
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
