Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकले साउन ३० गते बस्ने


  • आइतबार, साउन १७ २०७८

  • माओवादी  केन्द्रको केन्द्रीय कमिटीको  बैठकले साउन ३० गते बस्ने

    काठमाडौं– नेकपा (माओवादी केन्द्र)ले साउन ३० गतेभित्र वडा कमिटी गठन गर्न निर्देशन दिएको छ। छ हजार सात सय ४३ वटै वडामा वडा कमिटी गठन गर्न माओवादी केन्द्रको आज बसेको स्थायी कमिटी बैठकले निर्देशन दिएको हो।
    वडा कमिटी गठन गरी त्यसको जानकारी प्रदेशस्थित केन्द्रीय सदस्यलाई दिनुपर्नेछ। साउन ३० मा माओवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ।
    त्यो बैठकमा आउँदा केन्द्रीय सदस्यहरूले आफ्नो प्रदेशभित्रका वडाको वडा कमिटी गठनको विवरण लिएर आउनुपर्ने छ ।
    माओवादीले तयारी नपुगेको भन्दै साउन २० गतेदेखि हुने भनेको केन्द्रीय कमिटी बैठक दश दिन सारेको छ।
    त्यसैगरी सरकारमा जाने मन्त्रीहरू टुंग्याउनका लागि सोमबार अपरान्ह ३ बजे स्थायी कमिटी बैठक पनि बस्ने तयारी छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij