Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

लुम्बिनी प्रदेशसभामा जसपाका ३ सांसद निष्कासन गरेको पत्र


  • बिहिबार, साउन १४ २०७८

  • लुम्बिनी प्रदेशसभामा जसपाका ३ सांसद निष्कासन गरेको पत्र

    बुटवल – जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशसभाका ३ जना सदस्यलाई निश्कासन गरी प्रदेशसभा सचिवालयलाई जानकारी गराएको छ ।
    सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई निश्कासन गरेको संसदीय दलका नेता सहसराम यादवले जानकारी गराएका छन् ।
    पार्टीले लगाएको ह्वीप उल्लंघन गरेपछि उनीहरुलाई गत जेठ ३० गते स्पष्टीकरण सोधिएको र त्यसको चित्तबुझ्दो जवाफ नदिएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार कारबाही गरेको यादवले उल्लेख गरेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij