Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

फुटबलका मुख्य प्रशिक्षकद्वारा राजीनामा घोषणा


  • आइतबार, साउन १० २०७८

  • फुटबलका मुख्य प्रशिक्षकद्वारा राजीनामा घोषणा

    काठमाडौं – नेपाली फुटबलका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामा दिएको घोषणा गरेका छन् । उनले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङका कारण राजीनामा दिन लागेको बताएका छन् । यसको जानकारी उनले फेसबुकमार्फत् दिएका छन् ।

    ‘डियर नेपाली फ्यान्स्, म राजीनामा दिन एन्फा जाँदैछु। र मेरो राजीनामा वरिष्ठ उपाध्यक्षका कारण हो। पछिल्लो तीन साताका प्रत्येक दिन उनले मेरोबारेमा नाटक गरेका छन्,’ उनले वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङलाई मेन्सन गर्दै लेखेका छन्।

    कुबेती प्रो–लाइसेन्स प्राप्त अलमुताइरी गत २०७७ सालको चैत महिनामा नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij