Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौं कांग्रेसमा आधा दर्जन प्रत्यासी, कस्ले मार्ला बाजी ?


  • शुक्रबार, असार २५ २०७८

  • काठमाडौं कांग्रेसमा आधा दर्जन प्रत्यासी, कस्ले मार्ला बाजी ?

    काठमाडौं – नेपाली कांग्रेको १४ औं महाधिवेशनको मिति नजिकिदै जाँदा मुलुकको संघिय राजधानी काठमाडौंका कांग्रेस नेताहरुलाई चुनावी चटारोले छोएको छ । पार्टीको केन्द्रमा जस्तै यहाँ पनि जिल्ला नेताहरू तीन गुटमा विभाजित छन । जिल्ला नेतृत्वको लागि तीनै गुटग नेताहरू प्रतिस्पर्धामा देखिएका छन् । अहिले सम्म आधा दर्जन नेताहरू चुनवी दौडमा देखिएका छन् ।
    अहिलेका सभापति सबुज कृष्ण बानियाँ दोहोर्‍याएर सभापति हुने दौडमा छन भने हरिहर अधिकारी, दामोदर खड्‌का, राजु श्रेष्ठ, उपेन्द्र केसी र गौरी प्रसाद दवाडी जिल्लाको नेतृत्व लिने प्रतिस्पर्धामा उत्रिएका छन । बानियाँ कांग्रेश पूर्वमहामन्त्री प्रकाशमान शिह निकट हुन् । उनी शिंह निकट भए पनि अघिल्लो पटकको संघ ,प्रदेश र स्थायीय तह तीनै वटा निर्वाचनमा टिकटबाट वञ्चित भएका थिए ।
    अधिकारी पूर्व क्षेत्रिय सभापति, महासमिति सदस्य र टोखा नगरपालिकाका मेयरका पराजित उम्मेदवार हुन । उनी कांग्रेस भित्र पूर्वमहामन्त्री कृष्ण सिटौला निकट मानिन्छन् ।
    सभापतिका अर्का दावेदार दामोदर खड्‌का महासमिति सदस्य हुनुका साथै वरिष्ठ अधिवक्ता हुन । कांग्रेश प्रजातान्त्रीक रहदाँ जिल्ला सचिव रहेका खड्का सभापति शेरबहादुर देउवा निकट हुन ।
    क्षेत्र नं.४ का क्षेत्रीय सभापति राजु श्रेष्ठ र क्षेत्र नं. २ का सभापति उपेन्द्र केसी पनि देउवा निकटका हुन ।
    भीमसेनदास प्रधान काठमाडौँको सभापति हुँदा उपसभापति रहेका गौरी दवाडी सिटौला निकट नेता हुन ।
    काठमाडौंको समिकरण हेर्दा तीन समूह मध्य दुई समूह जता मिल्यो त्यहि समूह बलियो हुने अवस्था रहेको बताइन्छ । देउवा पक्षमा तीन आकंक्षी छन भने सिटौला पक्षमा दुई आकांक्षी छन । पूर्वमहामन्त्री शिंहको समूहबाट बानियाँ एक्लै दावेदार छन । देउवा पक्षबाट खडका ,केसी र श्रेष्ठ गरी तीन जना मैदानमा देखिएका छन् । सिटौला पक्षबाट अधिकारी र दवाडी चुनावी मैदानमा छन । देउवा र शिंहको पक्ष सिटौला पक्षलाई आफुसंग मिलाउने प्रयासमा देखिन्छन् ।
    पूर्वसभापति भीमसेनदास प्रधान र शिंह विच काठमाडौँको सवालमा पुरानो प्रतिस्पर्धा भएकाले सहजै मिल्ने अवस्था नहुँने देउवा पक्षको बुझाई छ । यद्यपी सिटौला पक्षका नेता गगन थापा र शिंह विच काठमाडौंको सवालमा मिलेर जाने सहमति भएको चर्चा छ ।
    देउवा पक्ष र शिंह पक्ष विच तालमेलको सम्भावना निक्कै कम देखिन्छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij