Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विपक्षी गठबन्धनले आज देखी सडक आन्दोलन गर्ने, तीन बजे युवा विद्यार्थीको प्रदर्शन


  • बिहिबार, असार १० २०७८

  • विपक्षी गठबन्धनले आज देखी सडक आन्दोलन गर्ने, तीन बजे युवा विद्यार्थीको प्रदर्शन

    काठमाडौं – सरकारले संविधान, संघिय लोकतान्त्रीक गणतन्त्र र आन्दोलन स्थापित गरेको परिवर्तन माथी प्रधानमन्त्री केपी शर्मा ओलीले निरन्तर प्रहार गरेको भन्दै विपक्षी गठबन्धनले सडक संघर्ष गर्ने भएका छन् । ओली निरन्तर संविधान विरोधी गतिविधिमा अघि बढेकाले आन्दोलन आवश्यक रहेको उनीहरुको भनाइ छ ।

    नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल पक्ष, जनता समाजवादी पार्टीका उपेन्द्र – वावुराम पक्ष र राष्ट्रिय जनमोर्चा सरकार विरुद्ध सङ्‌कमा जान लागेका हुन । संसद विघटनको मुद्धा सर्वोच्चमा चलिरहेका बेला विपक्षी पार्टीले सडक तताउँन लागेका हुन् ।

    युवा विद्यार्थीको विरोध प्रदेशन आज

    नेविसंघ, अनेरास्ववियू, अनेरास्ववियू क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौँमा आबद्ध विद्यार्थीहरुले दिउँसो  ३ बजे काठमाडौंको प्रदर्शनीमार्गमा प्रदर्शन गर्न लागेका हुन् । देशभर प्रदर्शन गर्ने तयारी रहेको संयुक्त विज्ञप्तिमार्फत उनीहरुले जनाएका छन् ।

    फाइल तस्वीर

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij