काठमाडौं – गण्डकी प्रदेशको पृथ्वी सुव्वा नेतृत्वको सरकार ढलेपछि नयाँ सरकार गठनको बाटो खुलेको छ । कांग्रेश संसदिय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुल्य मन्त्रीका दावेदार छ । तर उनी मन्त्री बन्न गुरुङ नेतृत्वकै सरकारका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ अर्थात दिपक मनाङेको समर्थन आवश्यक छ |
आज मुख्य मन्त्री गुरुङ्गले विश्वासको मत लिने वेला उनी प्रदेश सभामा उपस्थित थिएनन । उनले प्रदेश सभा विघटन नहोस भनेर अनुपस्थित भएर विपक्षीलाई सघाएका बताएका छन । अव कांग्रेस नेतृत्वमा सरकार बन्न मनाङ्गे निर्णायक देखिएका छन ।संविधानको धारा १६८(३) अनुसार नियुक्त मुख्यमन्त्री गुरुङ पदमुक्त भएसँगै १६८(५) अनुसार नयाँ सरकार गठनको बाटो खुलेको छ ।
उपधारा ५ मा भनिएको छ, उपधारा ३ बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नेछ’ भनिएको छ ।अब प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्तिका लागि कुनै पनि सदस्यलाई आह्वान गर्नेछिन् ।
विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेस १५, माओवादी केन्द्रका ११ (सभामुखबाहेक), जनता समाजवादी पार्टीका २ र राष्ट्रिय जनमोर्चाका २ गरी ३० सांसदको पोखरेललाई समर्थन छ ।मनाङ्गेले साथ दिएमा मुख्यमन्त्री नियुक्तका लागि चाहिने ३१ मत विपक्षी गठबन्धनसँग पुग्छ ।
धारा १६८(५) मुख्यमन्त्री नियुक्त हुन नसकेमा भने संविधानको धारा १६८ (७) अनुसार प्रदेशसभा भंग हुनेछ र गण्डकी प्रदेशमा मध्यावधि निर्वाचन घोषणा हुनेछ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
