Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गण्डकी प्रदेशसभा बैठक स्थगित


  • आइतबार, जेष्ठ २३ २०७८

  • गण्डकी प्रदेशसभा बैठक स्थगित

    पोखरा- गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ। शनिवार बसेको कार्यव्यवस्था समितिको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने सम्वन्धमा प्रतिपक्ष लगायतका पार्टीसँग सहमति नभएका कारण आइतबारको प्रदेशसभा बैठक स्थगित भएको हो ।

    शनिबारको कार्यपरामर्शको बैठकमा मुख्यमन्त्री गुरुङले जेठ २७ गते विश्वासको मत लिने अडान दिएका थिए । तर, उनको प्रस्तावप्रति विपक्षीहरुले असहमति जनाएका थिए ।
    विपक्षीहरु मुख्यमन्त्रीले छिटोभन्दा छिटो विश्वासको मत लिएर गतिरोध अन्त्यमा सघाउनु पर्ने अडान लिएका थिए ।

    प्रतिपक्षले प्रत्येक सांसदहरुले १० मिनेट प्रस्तावका बारेमा आफ्ना भनाइ राख्न दिनेगरी अगाडि नै बैठक डाकेर अविश्वासका प्रस्तावमा छलफल चलाउनु पर्ने माग गरेको तर, सरकार त्यसमा सहमत नभएपछि बैठक अवरुद्ध गरिएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij