Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

वामदेव भन्छन:युगान्तकारी संघर्षका महानायकहरु गिरिजा प्रसाद कोइराला , माधव नेपाल र पुष्पकमल दहाल


  • शनिबार, जेष्ठ १५ २०७८

  • वामदेव भन्छन:युगान्तकारी संघर्षका महानायकहरु गिरिजा प्रसाद कोइराला , माधव नेपाल र पुष्पकमल दहाल

     

    काठमाडौं – नेकपा एमाले को विवादमा तथष्ट वसेका नेता वामदेव गौतमले पार्टी को उपाध्यक्षका हैसियतले गणतन्त्र दिवसको शुभकामना दिदै एमालेका तीन जना नेता गणतन्त्रको विपक्षमा रहेको बताएका छन । उनले भनेका छन – ‘विडम्वना नै भन्नुपर्छ नेकपा एमालेको केन्द्रीय कमिटीको वहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य ३ नेता विरुद्धमा हुनुहुन्थ्यो। त्यो वैठकमा अव संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति म थिएं।’ गौतमले गणतन्त्र स्थापनाको संघर्ष स्मरण गर्दै भनेका छन -‘  प्रचण्ड हुनुहुन्थ्यो।’ नेता गौतमले गणतन्त्रण जिन्दावाद भन्दै दिएको सन्देश यस्तो छ –

    गणतन्त्र दिवस जिन्दावाद !
    आज १४औं गणतन्त्र दिवस हो। यस अवसरमा सवै शहीद र अग्रज नेताहरुलाई श्रद्धान्जली र सम्मान प्रकट गर्दै शहीदको सपना साकार पार्न नेपाली जनतालाई दृढतापूर्वक अगाड़ी बढ्न आह्वान गर्दछु।
    नेपालमा राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र
    घोषणाको पृष्ठभूमिमा हजारौ नेता कार्यकर्ता तथा अन्य नेपाली जनताको शहादत, त्याग तपस्या र समर्पण रहेको सर्वविदितै छ। तर वि. स.२०६५ जेठ १५ गतेको अवस्थामा नेपाललाई ल्याई पुर्याउने युगान्तकारी संघर्षका महानायकहरु भने नेपाली कांग्रेस पार्टीका सभापति गिरिजा प्रसाद कोइराला , नेकपा एमालेका महासचिव माधव कुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड हुनुहुन्थ्यो। उहाँहरु मध्ये गिरिजा प्रसाद कोइराला हामी वीच हुनुहुन्न अरु दुइजना भने नेपाली राजनीतिमा सक्रिय नै हुनुहुन्छ।
    विडम्वना नै भन्नुपर्छ नेकपा एमालेको केन्द्रीय कमिटीको वहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य ३ नेता विरुद्धमा हुनुहुन्थ्यो। त्यो वैठकमा अव संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति म थिएं।

    वामदेव गौतम
    उपाध्यक्ष नेकपा (एमाले)
    संयोजक
    पार्टी एकता राष्ट्रीय अभियान
    १५जेठ२०७८ गणतन्त्र दिवस

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij