लिलले फ्रेञ्च लिग वानको उपाधि जितेको छ। आइतबार राति भएको लिगको अन्तिम खेलमा लिलले एन्जर्सलाई २-१ गोलले पराजित गरेसँगै लिगको उपाधि जितेको हो।
यता अन्तिम खेलमा ब्रेस्टलाई २-० गोलले पराजित गरेको पिएसजीले दोस्रो स्थानमै चित्त बुझाउन बाध्य भयो।लिलले १० वर्षपछि लिगको उपाधि जितेको हो। यसअघि सन् २०१०/११ मा लिलले ५७ वर्षपछि लिगको उपाधि जितेको थियो।
लिलले समग्रमा चौथो पटक लिगको उपाधि जितेको हो। अन्तिम खेलमा लिलले अंक गुमाएको अवस्थामा जित हात पारेको पिएसजीले उपाधि जित्ने अवस्था थियो।
उपाधि जितेको लिलले ८३ अंक जोड्दा दोस्रो भएको पिएसजीले ८२ अंक जोड्यो। मोनाको तेस्रो बन्ने क्रममा ७८ अंक जोड्यो।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
