Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

तेस्रो पटक ह्यारी केनले जिते गोल्डेन बुट


  • सोमबार, जेष्ठ १० २०७८

  • तेस्रो पटक ह्यारी केनले जिते गोल्डेन बुट

    काठमाडौं – टोटेनहमका स्ट्राइकर ह्यारी केनले तेस्रो पटक प्रिमियर लिगको गोल्डेन बुट अवार्ड जितेका छन् । २०२०/२१ सिजनको अन्तिम खेलमा लेस्टरलाई ४–२ ले पराजित गर्दा एक गोल गरेका केनले सर्वाधिक गोल गर्दै उक्त अवार्ड जितेका हुन् ।

    उनले सिजनभर कूल २३ गोल गर्दै लिभरपुलका मोहम्मद सालाहलाई एक गोलले पछि पारे । सालाहले अन्तिम खेलमा गोल गर्न सकेनन् । केनले सर्वाधिक गोल गर्नुका साथै सर्वाधिक १४ असिस्ट समेत गरे । उनी सन् १९९३ देखि हुन थालेको आधुनिक प्रिमियर लिगको एकै सिजनमा सर्वाधिक गोल असिस्ट गर्ने पहिलो खेलाडी समेत बने ।

    दोस्रो स्थानको प्रिमियर लिगमा सर्वाधिक गोलकर्ता बन्दै केनले बुट अवार्ड जितेका हुन् । केनले यसअघि २०१५/१६ र २०१६/१७ को सिजनमा गोल्डेन बुट अवार्ड जितेका थिए ।

    थियरी हेनरीले सर्वाधिक ४ पटक प्रिमियर लिगमा गोल्डेन बुट जितेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij