Rastrapukar

सोमबार, असोज २६ २०८३ | Monday 12th October 2026

एमालेले नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्यो


  • आइतबार, जेष्ठ ९ २०७८

  • एमालेले नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्यो

    काठमाडौं – नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले पार्टी अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाउन र विपक्षी दललाई सरकारमा पुर्‍याउन हस्ताक्षर गरेका निवर्तामान सांसदहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी पेश गर्दा एमालेको माधवकुमार नेपाल समूहका २६ सांसदको हस्ताक्षर पेश गरेका थिए ।
    तर ११ जनालाई मात्र स्पष्टीकरण सोधिएको छ । प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई भोली विहानसम्म स्पष्टीकरण बुझाउन भनिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij