काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर चुनावको मिति घोषणा गरेपछि कांग्रेस नेताहरुले छलफल गर्न लागेका हुन् । बैठकमा पूर्वपदाधिकारीहरुलाई पनि बोलाइएको छ । बैठक बिहान ९ बजे देउवा निवास बुढानीलकण्ठमा बस्दैछ ।
बैठकमा राष्ट्रपति र प्रधानमन्त्रीको कदमबारे छलफल हुने र आवश्यक रणनीति बनाउने एक नेताले जानकारी दिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
