Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

देउवाले प्रधानमन्त्रीमा दावी गर्ने, बहुमत पुगेको दावी


  • शुक्रबार, जेष्ठ ७ २०७८

  • देउवाले प्रधानमन्त्रीमा दावी गर्ने, बहुमत पुगेको दावी

    काठमाडौं – संविधानको धारा ७६ (५ ) अनुसार सरकार दाबी गर्न विपक्षी दलहरुले प्रयास तिव्र बनाएका छन । विपक्षी गठवन्धनका तर्फवाट कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा दावी गर्ने तयारी छ । सरकार बनाउने प्रयासमा एमालेका माधव – झलनाथ पक्ष समेत सामेल भएका छन । जनता समाजवादीका उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्ष, नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त गठवन्धन बनाएर सरकार बनाउने सम्भावना बढ्दै गएको छ ।
    यतिवेला एमालेको असन्तुष्ट पक्षका सांसदहरुको भेला शिहदरवारमा सुरु भएको छ । भेलामा २० भन्दा बढी सांसद जम्मा भइसकेका छन । सरकार दावी गर्ने पत्र समेत तयार भइसकेको छ । देउवालाई प्रधानमन्त्री बनाउन १ सय ५० सांसदको हस्ताक्षर पुगेको दावी गरिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij