Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

थापालाई भोट माग्दै ओलीले भने ‘अरुलाई मतदान गर्ने कुरा स्वीकार्य र क्षम्य हुँदैन’


  • बुधबार, जेष्ठ ५ २०७८

  • थापालाई भोट माग्दै ओलीले भने ‘अरुलाई मतदान गर्ने कुरा स्वीकार्य र क्षम्य हुँदैन’

    काठमाडौं – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय सभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बनेका राम बहादुर थापालाई मत हाल्न आज्हान गरेका छन । आज एक विज्ञाती जारी गर्दै ओलीले गृहमन्त्री समेत रहेका थापालाई मतदिन आव्हान गरेका हुन । एमालेमा चर्को विवाद भएका बेला असन्तुष्ट माधव नेपाल पक्षले खिमलाल देवकोटालाई उम्मेदवार बनाएको थियो ।
    अहिले पार्टी विवाद मिलाउन कार्यदल बनाएर छलफल चलिरहेको छ । तर नेपाल पक्षले देवकोटालाई नै सघाउने भए पछि ओलीले विज्ञप्तीमा पार्टी उम्मेदवारलाई सघाउन चेतावनी समेत दिएका छन् । उनले पार्टीको निर्वाचन चिन्ह लिएर उम्मेदवार बनेका थापालाई मत दिने कुरा स्वीकार्य र क्षम्य नहुने बताएका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij