काठमाडौं – काठमाडौं रेजर्स एफसी पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) च्याम्पियन बनेको छ। शनिबार दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा धनगढी एफसीलाई १-० गोलले पराजित गर्दै काठमाडौं च्याम्पियन बनेको हो।
काठमाडौंको जितमा मेसौके ओलुमोउले खेलको २१औं मिनेटमा उत्कृष्ट फिनिसिङ गरेका थिए। धनगढीका विशाल राईबाट काठमाडौंका विश्वास श्रेष्ठले बल खोस्दै सटिक पास उपलब्ध गराएका थिए। जुन पासमा मेसौकेले चुकेनन्।
जितसँगै काठमाडौंले ३५ लाख रुपैयाँ हात पारेको छ। धनगढीले १५ लाखमै चित्त बुझाउन बाध्य भयो। नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टको आयोजना भएको प्रतियोगितामा सात वटा फ्रेन्चाइज टिमले भाग लिएका थिए।
कोभिड १९ का कारण सरकारले लागू गरेका अधिकांस आचार संहित पालन गरिएको थियो। यस्तै प्रतियोगिता दर्शकविहीन आयोजना भयो।
गत वैशाख ११ गतेदेखि भएको प्रतियोगितामा काठमाडौं र धनगढीसहित एफसी चितवन, विराटनगर सिटी एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा भएको थियो।
विधागत रुपमा उत्कृष्ट घोषितको सूची
सर्वोत्कृष्ट फरवार्ड : अन्जन विष्ट (ललितपुर सिटी एफसी – १ लाख रुपैयाँ)
सर्वोत्कृष्ट मिडफिल्डर : मेसौके ओलुमोउ (काठमाडौं रेजर्स – १ लाख रुपैयाँ)
सर्वोत्कृष्ट डिफेन्डर : दिनेश राजवंशी (धनगढी एफसी- १ लाख रुपैयाँ)
सर्वोत्कृष्ट गोलकिपर : किरण कुमार लिम्बु (धनगढी एफसी- १ लाख रुपैयाँ)
सर्वोत्कृष्ट प्रशिक्षक : बालगोपाल महर्जन (काठमाडौं रेजर्स – १ लाख रुपैयाँ)
इमर्जिङ खेलाडी : विश्वास श्रेष्ठ (काठमाडौं रेजर्स-५० हजार रुपैयाँ)
फेयर प्ले – बुटवल लुम्बिनी एएफसी
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
