Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कोभिड महामारी र संकटबारे योगेशका चार प्रस्ताव


  • बिहिबार, बैशाख ३० २०७८

  • कोभिड महामारी र संकटबारे योगेशका चार प्रस्ताव

    काठमाडौं – नेकपा एमाले माधव – झलनाथ समूहका नेता एवं पूर्वमन्त्री योगेश भट्टराइले को भिड सेक्रमण निम्त्याएको क्षती प्रति सरकार र राजनितिक नेतृत्वलाई गम्भिर हुन आग्रह गरेका छन । नेता भट्टराइले यस्तो अवस्था बढ्दै जनता प्रति निराशा छाउने र व्यवस्था नै संकटमा पर्न सक्ने चेतावनी दिएका छन । नेता भट्टराइले भनेका छन :

    सरकारलाई ध्यानाकर्षण
    आज विश्व नै कोभिडबाट आक्रान्त छ । हरेक दिन बिरामीहरुको अकाल मृत्‍यु र उनीहरुका परिवारको चित्कारका समाचारले सरकार र भाग्यले बांचेकाहरु लाचार बनिरहेको अवस्था छ । हाम्रो देश अझ संकट तिर जाँदै छ । बिगतदेखि कै सरकारहरुले सर्वजनिक स्वास्थ्यलाई राज्यको प्रमुख दायित्वका रुपमा लिएर प्रयाप्त काम नगरेका कारण आज यो बिस्फोट बन्न पुगेको छ । बिरामीका लागि न्युनतम अक्सिजन र बेड दिन नसक्नुले हामीसबै लज्जित छौ । यस्तो सँवेदनसील अवस्थामा भैरहेका अस्वस्थ राजनीतिक खेलहरुले सरकार, राज्ययन्त्र तथा राजनीतिक नेत्रित्वप्रति असन्तुस्टी बढदै गएर ब्यबस्था नै धरापमा पर्नसक्ने संभावनाप्रति सबै सचेत हुनुपर्दछ ।
    निम्न बिषयमा सरकारको ध्यानाकर्षण गर्दछु
    १. अहिले तुलनात्मक रुपमा चिनमा कोभिडको असर कम भएको देखिन्छ । तसर्थ अघिल्लो समयमा इटली लगायतका युरोपेली मुलुकमा चिनले स्वास्थ्य सामाग्री र जनशक्ति सहित जसरी सहयोग गरेको थियो त्यसरिनै अहिले नेपाललाई सहयोग गर्न नेपाल सरकारले चिन सरकारलाई अनुरोध गर्नु पर्दछ । र भारत लगायत अन्य देशका सरकारलाई पनि अनुरोध गरी सहयोग तत्काल ल्याउनु पर्दछ ।
    २. २०७२ को महा भुकम्प पछी जसरी राजनीतिक बिमतीहरुलाई थाती रखेर सरकार र राजनीतिक नेत्रित्वले सहमतिमा काम गर्‍यो, एमाले, माओवादी र नेकाका बिचमा १६ बुंदे सहमति गरी संबिधान निर्माण गर्ने जोखिमपूर्ण काम सम्पन्न भयो त्यसरी नै कोभिड बिरुद्धको लडाईंमा फेरी एक पटक राष्ट्रिय सहमतिकासाथ ठोस योजनामा सबैले काम गर्नु पर्दछ। राष्ट्रको मिसन कोभिड १९ लाई बनाउनु पर्दछ ।
    ३. सम्पूर्ण जनशक्तिलाई कोभिड बिरुद्धको लडाईंमा केन्द्रित गर्ने र छिटो प्रकृयाबाट थप जनशक्ति भर्ना गर्ने ।
    ४. आर्थिक अभाव हुन नदिने । अन्य शिर्सकका बजेट पनि कोभिडमा केन्द्रित गर्ने । कोभिड बिरुद्धको लडाईंमा खटेको जनशक्ति बाहेक राज्यबाट पारिश्रमिक लिने अरु सबैको सुबिधा हाललाई स्थगित राख्ने ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij