Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आखिर राजनीति कसको लागी ?


  • आइतबार, बैशाख २६ २०७८

  • आखिर राजनीति कसको लागी ?

    काठमाडौं – सिङ्गो मुलुक यतिवेला कोभिड महामारीले थलिएको छ । दैनिक पचासको हाराहारीमा नागरिकहरुले ज्यान गुमाइरहेकाछन । दैनिक संक्रमितको संख्या १० हजार पुग्न थालेको छ । अस्पतालहरूमा वेड भरिएका छन ।

    अक्सिजनको चरम अभावका कारण मानिसहरु छट्‌पटाउँदै मृत्युवरण गरिरहेका छन् । परिक्षणको दायरा बढ्न सकेको छैन भनेस्वास्थ्य उपकरण र स्वास्थ्य सामग्री अभावले अवस्था थप जटिल भइरहेको छ । निम्न वर्ग र श्रमिकहरुलाई बिहान बेलुका हातमुखजोड्न समस्या भइरहेको छ । व्यापार व्यवसाय कलकारखाना ठप्प छ । बालबालिका र वृद्धवृद्धा थप समस्यामा छन् ।

    मुलुक यति ठूलो संकटमा फसेको वेला राजनितिक नेतृत्व भने शक्ति आर्जन गर्ने छिनाझप्टीमा नै लिप्त देखिएका छन । जनताकोस्वास्थ्य सुरक्षाको जिम्वेवारी लिएको सरकार आफ्नो दायित्वबाट पुरै विमुख भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली थपशक्तिशाली बन्ने र विरोधीलाई उठ्नै नसक्ने गरी पेल्ने रणनीतिमा निरन्तर अघि बढिरहेका छन ।

    विभिन्न अध्यादेश मार्फत शासन गर्ने र जननिर्वाचित संसदलाई निरिह पार्ने काममा प्रधानमन्त्री लागिरहेका छन । आफ्नै पार्टी नेकपाएमाले भिन्न पनि आलोचकहरुलाई समाप्त पार्न ओली रातोदिन क्रियाशिल देखिन्छन् । प्रधानमनीको ध्यान राष्ट्रिय राजनिति रआन्तरिक राजनितिमा सर्वशक्तिमान बन्नेमा नै केन्द्रीत देखिन्छ ।

    भ्रष्टाचार र कमिशनतन्त्रले संस्थागत रूप धारण गरेको छ । प्रधानमन्त्री ओली र समग्रमा सरकार मुलुक्‌को यो संकट प्रति पुरैगैरजिम्बेवार ढंगवाट प्रस्तुत भइरहेको छ । प्रधानमन्त्री र सरकारका वेमौसमी महत्वकाक्षालाई राष्ट्रपति विधादेवी भण्डारीले निरन्तरसाथ दिदै आइरहेकी छिन ।

    प्रतिपक्षि भूमिकामा रहेका दलहरुले समेत जनता ले भोगिरहेका वर्तमान संकट प्रति सम्वेदनशिलता र सक्रिय भूमिका खेल्न सकेकाछैनन । जनताका लागी राजनिति गर्छ भन्नेहरु जनताले जीवनमरणको संघर्ष गरिरहेका बेला देखाएको व्यवहार किमार्थ उचित छैन ।आखिर राजनिति कसकालागी ? यो प्रश्न पेचिलो ढंगवाट उठेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij